काठमाडौं- इरानी मिसाइल आक्रमणले बिहीबार तेलअभिव र बिएर सेभालगायत इजरायलका विभिन्न स्थानहरुमा प्रहार गरेको छ ।
जसमा तेलअभिवको स्टक एक्सचेन्ज भवनमा क्षति पुगेको अल जजीरा र अन्य स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ईरानले दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि उक्त भवन ‘गम्भीररुपमा क्षतिग्रस्त भएको छ ।
यसअघि ईरानी आक्रमणले दक्षिण इजरायलको एक प्रमुख अस्पतालमा पनि क्षति पुर्याएको थियो । साथै, ईरानका पछिल्ला मिसाइल आक्रमणहरुमा कम्तीमा ३२ जना घाइते भएको इजरायलको आपतकालीन उद्धार सेवा ‘मगेन डेभिड अदोम’ ले जनाएको छ । -एजेन्सी
प्रतिक्रिया