काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
कम्पनीले हाललाई कम्पनीका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेगरी यो सेयर बिक्रीमा राखेको हो ।
तोकिएको समयाअवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारणलाई बिक्री खुला गर्नेछ ।
इच्छुक सेयरधनीले काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया