आज यी राशिको कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जाने, अरुको दिन कस्तो ?

विहीबार, १२ असार २०८२, ०६ : ४७

काठमाडौं- आज वि.सं.२०८२ साल आषाढ १२ गते । बिहीबार । ईश्वी सन् २०२५ जुन २६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–प्रतिपदा, २३ घडी ५० पला, दिउसो २ बजेर ४४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–आर्द्रा, १३ घडी ११ पला, बिहान १० बजेर २८ मिनेट उप्रान्त पुनर्वसु । योग–ध्रुव, ५२ घडी ५२ पला, रातको २ बजेर २० मिनेट उप्रान्त व्याघात । करण–बव, दिउसो २ बजेर ४४ मिनेट उप्रान्त बालव, रातको १ बजेर ५९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी ३५ पला ।  

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार तथा शेयर बजारबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धन स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन तथा सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तरपनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइ बिद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । सामूहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रूपमा अगाडी बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभ माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरुका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इस्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

विहीबार, १२ असार २०८२, ०६ : ४७

प्रतिक्रिया