काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँड भएको छ ।
कम्पनीले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख ७१ हजार ५९२ कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले बिक्री हुन नसकेको २ लाख २४ हजार ७२८ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउनेछ । यस कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
प्रतिक्रिया