काठमाडौं- काठमाडौं उपत्यकमा विपद्को समयमा खोज तथा उद्धारका लागि नेपाल वायुसेवा संघले निःशुल्क हेलिकप्टर उपलब्ध गराउने भएको छ ।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा प्राधिरकणका तर्फबाट कार्यकारी प्रमुख इ. दिनेशप्रसाद भट्ट र वायुसेवा संचालक संघका तर्फबाट अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क परिचालन गर्नेरगराउने व्यवस्था मिलाउने छ।
त्यसैगरी, संघले काठमाडौं उपत्यका बाहिर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्यनजर गरी न्यूनतम खर्चमा परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया