मोदी इनर्जीको विशेष साधारणसभा आज बस्दै

विहीबार, १९ असार २०८२, १० : २७

काठमाडौं- मोदी इनर्जी लिमिटेडको विशेष साधारणसभा आज बिहीबार बस्दैछ । 

सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । साथै, सभाले १ जना सञ्चालक पनि नियुक्त गर्नेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गरिसकेको छ । यसकारण असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

 
विहीबार, १९ असार २०८२, १० : २७

प्रतिक्रिया