स्वस्तिमा खड्का भन्छिन्- ‘निश्चलसँग यसकारण असहज’

विहीबार, १२ असार २०७६, १३ : ३२

काठमाडौँ – निश्चलसँगै स्क्रिन सेयर गर्दा कहिलेकाहीँ भने निकै असहज फिल हुन्छ । सेटमा उसलाई आफूभन्दा अपोजिट क्यारेक्टर मात्र नदेख्दा त्यस्तो हुने गर्छ । खासगरी श्रीमान् र श्रीमती वा प्रेमी र प्रेमिका भएर खेल्दा भावनामा बगिँदो रहेछ । अनि असहज हुने गर्छ । तर, सँधै यस्तो हुँदैन । फिल्मको चरित्रमा जस्तो देखिनुपर्ने हुन्छ, त्यहीअनुसार नै काम गर्नुपर्छ । 

निश्चल श्रीमान् भएकाले सुटिङमा भावना बढी आउनु स्वाभाविक हो । सुटिङको सेटमै भए पनि ऊ मेरो श्रीमान् त हो नै । तर, सेटमा भने आफूलाई सम्हाल्नुपर्ने हुन्छ । सधैँ भावनाले काम गर्दैन । नत्र त अभिनय गर्नै सकिन्न । भावनामा बढी बग्न खोजियो भने आफूलाई नियन्त्रण गरेर पात्रमा छिर्छु । पात्रमा डुबेपछि भावना बिर्सिएर काममा केन्द्रित हुन सकिन्छ ।नयाँपत्रिकाले लेखेको छ ।

अस्ति भर्खरै हामीले ‘घामट सेरे’ फिल्मको सुटिङ सक्यौँ । हाम्रो लामो भूमिका भएको त्यो पहिलो फिल्म हो । तर, म्युजिक भिडियोमा काम गरिरहेकाले त्यस्तो अप्ठ्यारो खासै केही भएन । म्युजिक भिडियोमा सँगै काम गरिसकेकाले पनि सजिलो भएको हो ।

विहीबार, १२ असार २०७६, १३ : ३२

प्रतिक्रिया