काठमाडौं- नेको इन्स्योरेन्स कम्पनी लिमिलटेडले ११ लाख ९ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयर ३५ दिनसम्म संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेगरी खुल्ला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको अवस्थामा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया