काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा राखिएको छ।
कम्पनीले १६ लाख ४७ हजार ५८४ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। सेयर खरिदका लागि भदौ २ गतेभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
तोकिएको अवधिमा संस्थापक सेशेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कम्पनीले यो सेयर अन्य व्यक्ति तथा संस्थाले बिक्री खुला गर्नेछ ।
प्रतिक्रिया