सानिमा जीआइसी  इन्स्योरेन्सको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, ३० असार २०८२, १४ : ४६

काठमाडौं- सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडले ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

यसमा हालका लागि कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ । 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 
सोमबार, ३० असार २०८२, १४ : ४६

प्रतिक्रिया