सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, ३२ असार २०८२, १० : ११

काठमाडौं- सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते  अन्तिम दिन रहेको छ । बैंकको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्र  आवेदन दिन सकिनेछ ।

बैंकले असार २९ गतेबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको हो । बाँकी १० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । 

वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको “एसबीएल डिबेन्चर २०९१” को अवधि १० वर्ष रहेको छ । 

ऋणपत्र बिक्रीका लागि एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ ।  यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पुर्ण इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

 
बुधबार, ३२ असार २०८२, १० : ११

प्रतिक्रिया