हिमालयन बैंकको एफपीओ आजबाट बिक्री खुला

बुधबार, ३२ असार २०८२, १० : १७

काठमाडौं- हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । 

बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गरेको हो । 

एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । 

यस एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

एफपीओ निष्कासन छिटोमा साउन ४ गते हुनेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिने बैंकले जनाएको छ । 

 
बुधबार, ३२ असार २०८२, १० : १७

प्रतिक्रिया