धितोपत्र बोर्डबाट झापा इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

बुधबार, ३२ असार २०८२, ११ : ३९

काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

बोर्डले असार ३१ गते कम्पनीलाई ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

यो कम्पनीले झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरेको छ जसबाट वि।स २०८० माघ ९ गतेदेखि व्यवसायिक उत्पादन सुरू भएको थियो।

 
बुधबार, ३२ असार २०८२, ११ : ३९

प्रतिक्रिया