अनर एक्स ६ सी नेपालमा सार्वजनिक, साउन १५ गतेसम्म विशेष अफरमा किन्न सकिने

विहीबार, ०१ साउन २०८२, १३ : ४०

काठमाडौं- स्मार्टफोन ब्राण्ड अनरले नयाँ स्मार्टफोन अनर एक्स ६ सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको यो फोन स्मार्ट, स्टाइलिस्‌ र एआई फिचरले भरिपूर्ण छ। 

सुलभ मूल्यमा उपलब्ध अनर एक्स ६ सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्ने कम्पनीको भनाई छ।

HONOR X6c Launch

सुरुवाती लञ्च अवसरमा, अनर एक्स ६ सीको खरिदमा रु ४,००० बराबरको अनर एक्स ७ ई एक्टिभ इयरबड्स निःशुल्क पाउन सकिनेछ । यो अफर सीमित अवधिको हुने र नजिकको अनर आउटलेट वा अधिकृत स्टोरबाट लिन सकिने कम्पनीले जनाएको छ ।   

यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी ६४ प्रोटेक्सन र एआई अक्सन बटन जस्ता विशेषताहरू छन्।

यो स्मार्टफोन खरिदको उपहार अफर साउन १५ गतेसम्म मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ।

 
विहीबार, ०१ साउन २०८२, १३ : ४०

प्रतिक्रिया