काठमाडौं- माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि बिक्री गरिरहेको प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
जसमध्ये प्रथम चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५० हजार ४७१ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, ९ मा स्थानी बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन्।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र उच्चतम ५० हजार कित्तासम्मका लागि निवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका साथै ग्लोबल आइएमई बैंकको चैनपु्र शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा र आयोजनाको पावरहाउस रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय र मेरो शेयर प्रयोग गरी आवेदन दिन सकिनेछ।
प्रथम चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
प्रतिक्रिया