सेयर ब्रोकर कम्पनीको कारोबार अब नेप्सेको वेबसाइटमा उपलब्ध हुने

बुधबार, ०७ साउन २०८२, १७ : ०८

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गर्ने मासिक र वार्षिक प्रतिवेदनमा सेयर कारोबार गर्ने सबै ब्रोकर कम्पनीको खरिद/बिक्री रकम उल्लेख हुने भएको छ । 

यसअघि नेप्सेले कम्पनीको कारोबार रकम आफ्नो रेकर्डमा राख्ने गरे पनि सार्वजनिक भने गर्ने गरेको थिएन । 

ब्रोकर कम्पनीको रकम सार्वजनिक गरेर सेयर कारोबारलाई थप पारदर्शी बनाउन खोजेको नेप्सेले जनाएको छ ।

 
बुधबार, ०७ साउन २०८२, १७ : ०८

प्रतिक्रिया