काठमाडौं- रिभर फल्स पावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ। बोर्डले रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।
यससँगै अब कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
कम्पनीले कुल ७० करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ।
प्रतिक्रिया