पिपुल्स पावरको हकप्रदमा आवेदन दिने म्याद थपियो

आइतबार, ११ साउन २०८२, १० : १८

काठमाडौं- पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ।

कम्पनीले गत असार २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको थियो। 

यो हकप्रदमा आज साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएमा  सेयरधनीको मागलाई ध्यानमा राखी आवेदन दिने म्याद साउन २६ गते बैंकिङसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँबराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन दिन सक्नेछन्।

यो हकप्रद जारी गर्न कम्पनीले असार २ गते बुकक्लोज गरेकोले असार १ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

 
आइतबार, ११ साउन २०८२, १० : १८

प्रतिक्रिया