काठमाडौं- हिमालयन बैंकको एफपीओ आज मंगलबार बाँडफाँड भएको छ।
धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे कार्यक्रम राखेर एफपीओ बाँडफाँड गरिएको हो।
बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ बिक्री खुला गरिएको थियो। बैंकले १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थपेर १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ बिक्री गरेको थियो।
यो एफपीओमा १८ लााख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयर माग भएको थियो। जसमा १७ लाख ४ हजार २७३ आवेदकबाट माग भएको ३ करोड ३२ लाख ११ हजार ८० कित्ता शेयर सदर भएको थियो। यसमा १ लाख ७६ हजार २६० आवेदकबाट माग भएको १७ लाख ४ हजार २७३ कित्ता सेयर बदर भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण हिमालयन बैंक एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा सदर आवेदकमध्ये ९ लाख २५ हजार ४६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै आवेदकमध्ये भाग्यमानी ९ जनाले १ कित्ता थप सेयर पाएका छन्।
यो एफपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, धितोपत्र निष्कासन गर्ने हिमालयन बैंक, सीडीएससीको मेरो सेयर र सीडीएससीकै iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।
प्रतिक्रिया