कुमारी सुनौलो योजनाको लाभांश घोषणा

बुधबार, १४ साउन २०८२, १० : ३०

काठमाडौं- कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित कुमारी सुनौलो योजनाको गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा भएको छ।

कोष प्रवर्द्धक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्दै शुभ लम्मी कोषका इकाइधनीहरुलाई करसहित ८.८८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांशबापतको रकम पुनः लगानी गर्न सक्ने योजना पनि क्यापिटलले ल्याएको छ।

इकाइधनीले आफूले प्राप्त गर्ने लाभांशबापतको रकम थप इकाइहरु खरिद गर्न सक्नेछन्। थप इकाइ खरिदका लागि इकाइधनीहरुले साउन २७ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्नेछ।

क्यापिटलले यस म्युचुअल फन्डको लाभांश वितरणका लागि साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले साउन १२ गतेसम्म कायम इकाइधनीले यो म्युचुअल फन्डको लाभांश पाउनेछन्।

 
बुधबार, १४ साउन २०८२, १० : ३०

प्रतिक्रिया