श्रीनगर एग्रिटेकले आईपीओ निष्कासनका लागि सेबोनबाट पायो अनुमति

बुधबार, १४ साउन २०८२, १० : ३९

काठमाडौं- श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई साउन १३ गते मंगलबार आईपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

 
 
बुधबार, १४ साउन २०८२, १० : ३९

प्रतिक्रिया