शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, १५ साउन २०८२, १० : ०४

काठमाडौं- शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज साउन १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोलि साउन १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

गत साउन ४ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। 

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। 

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

 
विहीबार, १५ साउन २०८२, १० : ०४

प्रतिक्रिया