रिभर फल्सद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

विहीबार, १५ साउन २०८२, ११ : ४८

काठमाडौं- रिभर फल्स पावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो।

यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ७० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्कासेन गर्न लागेको हो।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 
विहीबार, १५ साउन २०८२, ११ : ४८

प्रतिक्रिया