काठमाडौं— नेपाल पुनर्बीमा कम्पनीले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले यसका लागि अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम सेयरधनीहरूलाई शतप्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो। हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।
नेपाल बीमा प्राधिकरणले २०७८ पुस २५ गते जारी निर्देशनअनुसार, २०८२ माघ मसान्तसम्ममा पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था रहेको छ।
उक्त हकप्रद सेयर प्रस्ताव कम्पनीको वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर निष्कासन गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया