काठमाडौं- वैदेशिक रोजगारमा रहेका नेपालीले झापा इनर्जीको आईपीओमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। पहिलो चरणमा स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर स्थानीयका लागि बिक्री खुला गरेको छ।
स्थानीयका लागि छुट्याइएको कुल सेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटरवरपरको क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता सेयर शिवसताक्षी नगरपालिका वडा नं ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण सेयर वैदेशिक रोजागरमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालबाट सी–आस्बा प्रणाली र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
झापा इनर्जीको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
प्रतिक्रिया