काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीका संस्थापक सेयरधनीले १ लाख ३० हजार ४४२ कित्ता सेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेस गरेकोले कम्पनीले सो सेयर बिक्री गर्न लागेको हो ।
यस सेयरको मूल्य प्रतिकित्ता २०३ रुपैयाँ रहेको छ । सेयरमा आवेदन दिदा सो मूल्यमा नघट्ने गरी दिनुपर्नेछ ।
संस्थापक सेयरमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकाले खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् ।
प्रतिक्रिया