श्वेत गंगा हाइड्रोपावरको सेयरको लकइन अवधि आजदेखि सकिँदै

आइतबार, १८ साउन २०८२, १२ : २८

काठमाडौं- श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ९६ लाख ८९ हजार ५ सय कित्ता सेयरको लकइन अवधि आज साउन १७ गतेबाट सकिने भएको छ। 

कम्पनीको संस्थापक समुहतर्फको ७३ लाख कित्ता, कर्मचारीलाई छुटाइएको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुटाइएको १५ लाख ९३ हजार कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।

साथै, संस्थापक समूहतर्फको विदेशी लगानीकर्ता कम्पनी डोल्मा इम्प्याक्ट फण्ड–आई को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि भने २०८० फागुन २ गतेनै समाप्त भएको कम्पाीले जनाएको छ।

 
आइतबार, १८ साउन २०८२, १२ : २८

प्रतिक्रिया