काठमाडौं— सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उल्लेख्य आम्दानी वृद्धि गर्दै नोक्सानीबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानीको तीव्र वृद्धिका कारण कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष ७२७.९१ प्रतिशत विद्युत बिक्री आम्दानी वृद्धि गर्दै ६७ करोड ७१ लाख रुपैयाँ आम्दानीमा पुगेको छ। त्यसैगरी, सञ्चालन आम्दानी ७६०.६५ प्रतिशत र अन्य आम्दानी ९२०.४६ प्रतिशतले वृद्धि भएको छ।
यस आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको कुल खर्च भने २५६.७८ प्रतिशतले बढेको छ। तथापि आम्दानी वृद्धिको अनुपात उच्च रहेकाले नाफा हासिल गर्न कम्पनी सफल भएको हो।
कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा पुगेको छ। मूल्य आम्दानी अनुपात (P/E ratio) ५५.७५ गुणा रहेको देखिन्छ।
सिंगटी हाइड्रोले हासिल गरेको यो वित्तीय प्रगति कम्पनीको व्यावसायिक सुधार र उत्पादनक्षमता वृद्धि सँगै बजारमा विद्युतको मागमा देखिएको वृद्धिलाई समेत संकेत गर्दछ।
प्रतिक्रिया