काठमाडौँ – अनुपविक्रम शाही अहिले चल्तीका अभिनेता हुन् । वर्षमा सबैभन्दा धेरै फिल्म खेल्ने अभिनेताको सूचीमा पनि उनको नाम निकै माथि छ । उनी ‘भर्सटायल’ कलाकार हुन् । नायक, खलनायक, चरित्र अभिनेतामध्ये जुन भूमिकामा पनि फिट हुन्छन् । उनलाई अनुबन्ध गर्न निर्माताबीच होड नै चल्ने गरेको छ ।
तर, अनुपको समस्या के छ भने उनी नाच्न त्यति राम्रो जान्दैनन् । उनलाई कसैले नाच्न नजान्ने आरोप भने लगाएको होइन । उनी आफैँले स्विकारेका हुन् । ‘जाइरा’ फिल्मको गीत सार्वजनिक कार्यक्रममा उनले आफूलाई राम्रोसँग नाच्न नआउने बताए । खलनायकले त नाच्न नजान्दा पनि काम चल्छ । तर, नायक नै भएपछि त काम चलाएर मात्र नहोला नि रु आफू नाच्न सिक्नेबारे भने अनुपले केही बताएनन् ।
प्रतिक्रिया