प्रभु ऊर्जा कृषि पर्यटन विकासको लाभांश घोषणा, भदौ २१ गते बोलायो साधारणासभा

मंगलबार, २० साउन २०८२, १० : १२

काठमाडौं- प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट प्रतिकित्ता १२५ प्रतिशतका दरले कर बाहेक बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त लाभांश पारित गर्न कम्पनीले भदौ २१ गते दिउँसो ३ बजे काठमाडौंमा वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२र८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । 

साथै, सञ्चालक समितिलाई तलब, भत्ता एवं अन्य सुविधा प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।


 

 
 
मंगलबार, २० साउन २०८२, १० : १२

प्रतिक्रिया