काठमाडौँ – भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २०औं संस्करणमा आउने विशिष्ट पाहुनाका लागि सुविधायुक्त गाडी, होटलसहितको सुविधा मागिएको छ ।
आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चनसमेत आउने र ‘खान’ अभिनेताहरूमध्ये एक पनि साथै आउने भनेर प्रारम्भिक जानकारी दिइएको छ ।
‘भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउनेछन् जसका लागि दोहोरो हवाई टिकट तथा स्थानीय आवतजावत, होटल र खानपिन सुविधासमेत नेपाल सरकारले उपलब्ध गराउनुपर्नेछ,’ स्रोतले जानकारी दियो, ‘यसका लागि १ सय वटा सुइट रुमसहितका १४ सय होटल कोठा, स्थानीय यातायातका लागि ४० सुपर लक्जरी र ६० लक्जरी कार तथा भ्यान–बसको माग भएको छ ।’
प्रायः कलाकार मुम्बई, बैङ्लोर र दिल्लीदेखि आउनेछन् भनेर पर्यटन मन्त्रालयलाई प्रमुख इभेन्ट म्यानेजर ‘बिजक्राफ्ट’ ले जानकारी दिएको छ ।
प्रतिक्रिया