अनरको ‘प्याड एक्स९ए’ नेपाली बजारमा उपलब्ध

बुधबार, २१ साउन २०८२, १३ : १२

काठमाडौं– नेपाली उपभोक्ताहरूका लागि HONOR Pad X9a अब नेपाली बजारमा उपलब्ध भएको छ।

स्टाइलिश डिजाइन, दमदार फिचर र शक्तिशाली प्रदर्शनसहितको यो ट्याब्लेट काम, अध्ययन तथा मनोरञ्जनका लागि एकैसाथ उपयोगी सावित हुने कम्पनीको दाबी छ।

यो ट्याब्लेटमा ११.५ इन्चको ठूलो HONOR FullView Display र पातलो मेटल बडी दिइएको छ भने यसको फिचरहरूलाई अझ सशक्त बनाउने Snapdragon 685 (6nm) चिप र नवीनतम MagicOS 9.0 प्रयोग गरिएको छ, जसले गर्दा प्रयोग अनुभव झन् स्मूद हुने बताइएको छ।

यसमा रहेको ८३०० mAh ब्याट्री र ३५W फास्ट चार्जिङ सुविधाले लामो समयसम्म पढाइ, फिल्म हेर्ने, गेम खेल्ने वा अफिसको काम जे–जे गर्नुपरे पनि प्रयोग गर्न सकिने क्षमता प्रदान गर्छ ।

विद्यार्थी, मल्टिटास्कर र कन्टेन्ट उपभोगकर्ता सबैका लागि उपयुक्त मानिएको HONOR Pad X9a हाल रु २५,९९९ मा उपलब्ध छ।

इच्छुक ग्राहकहरूले EFIX स्टोरहरू वा अधिकृत मोबाइल विक्रेता पसलहरूबाट किन्न सक्नेछन्।

 
 
 
बुधबार, २१ साउन २०८२, १३ : १२

प्रतिक्रिया