नाइमा अटो शोको दोस्रो दिन भ्रमणकर्ताको उल्लेखनीय सहभागिता (तस्बिरहरु)

विहीबार, २२ साउन २०८२, १७ : ४७

काठमाडौँ–साउन २१ गतेबाट नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएसँगै आज दास्रो दिन विहिबार भ्रमणकर्ताको सहभागी उल्लेखनीय रहेको छ । यसअघिसम्म एउटै अटो शो हुने गरेकोमा नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) बाट छुट्टिएपछि पहिलो पटक नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको सहभागिता उल्लेखनीय रहेको हो । पहिलो दिन अवलोकन गर्दा नाइमाले आफ्नो अटो एक्स्पोलाई व्यवस्थापकीय पाटोमा बढी नै काम गरेको देखिन्छ । प्रदर्शनका लागि राखिएका गाडीहरुका स्टलहरु निकै फराकिला र सहज किसिमको बनाउने प्रयत्न नाइमाले गरेको हो । खासगरी, साना तथा ह्याचब्याक (सिटी कार) प्रदर्शनीमा राखिएका स्टलहरु अझ बढी व्यवस्थित र सजावटले भरिएका छन् ।

तस्बिरहरु :
1000038636100003863910000386421000038645100003864810000386511000038655

 
 
विहीबार, २२ साउन २०८२, १७ : ४७

प्रतिक्रिया