सामाजिक सञ्जालमार्फत आउने प्रस्तावको भरमा सेयर बजारमा लगानी नगरौं : नेप्से

आइतबार, २५ साउन २०८२, ११ : १७

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा लगानी गर्दा सचेत हुनका लागि लगानीकर्तालाई सुझाव दिएको छ । 

नेप्सेले चेतनामूलक सूचना जारी गर्दै बुझेर र सचेत भएर मात्र लगानी गर्न आग्रह गरेको हो। नेप्सेले सामाजिक सञ्जालमा प्राप्त राय वा सुझाव तथा सन्देशका भरमा सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ।

फेसबुक, टिकटक, ट्विटरलगायतका सामाजिक सञ्जालमार्फत आउने प्रस्तावका भरमा लगानी नगर्न नेप्सेले सुझाव दिएको छ।

यसका लाथै नेप्सेले सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकरमार्फत गर्न पनि लगानीकर्तालाई सचेत गराएको छ।

 
आइतबार, २५ साउन २०८२, ११ : १७

प्रतिक्रिया