काठमाडौं- बुंगल हाइड्रोको आईपीओमा स्थानीयले आवेदन दिन पाउने आज साउन २६ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत असार २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीबाट मागभन्दा बढी आवेदन परेपछि साउन ११ गते नै बन्द भइसकेको छ तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेपछि म्याद थपेर आज साउन २६ गतेसम्म कायम गरिएको थियो। त्यसैले आज ५ बजेपछि निष्कासन बन्द हुनेछ।
आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये पनि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन पाउनेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ ९साविक पिपलकोट गाविस वडा नम्बर ४, ५ र ७० र वडा नम्बर ७ ९साविक कफल्सेरी गाविस वडा नम्बर १० का स्थानीय बासिन्दा रहेका छन्।
त्यस्तै २ लाख ९० हजार ५०० कित्ता आईपीओमा आयोजना सामान्य प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दा रहेका छन्।
आईपीओमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया