काठमाडौं- गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज साउन २६ गते सोमबार अन्तिम दिन रहेको छ।
योजना व्यवस्थापक गरिमा क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनी मात्र यस योजनाको लाभांश पाउन योग्य हुनेछन्।
गत आर्थिक वर्ष २०८१।८२ का लागि यस योजनाका इकाइधनीहरुलाई करसहित ५.१० प्रतिशतले हुन आउने ६ करोड ३७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ। यो बन्दीमुखी योजनाको कोष प्रवर्द्धकमा गरिमा विकास बैंक रहेको छ।
प्रतिक्रिया