धानको बिउले यस्तो फोटो खिच्ने युवती यिनी पो रहिछन्

सोमबार, १६ असार २०७६, २१ : २१

काठमाडौं– असार १५ को दिन एउटा फोटो भाइरल बन्न पुग्यो ।  त्यो थियो एक युवतीको फोटो । जसमा उनले शरीरका गोप्य अंग छोपेर फोटो सुट गराएकी थिइन् । 
फोटोबारे अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् । 
परिचित अनुहार नभएकाले पनि कसको फोटो भन्नेमा समाजिक सन्जालमा अन्यौलता देखिन्थ्यो । तैपनि धेरैले विकृत जनाउने फोटो भन्दै टिकाटिप्पणी गरेका थिए भने केहीले यसलाई समान्य रुपमा लिइनुपर्ने बताएका थिए । 
हामीले बुझ्दै जाँदा मोडल रितिका जिरेलले सो फोटोसुट गराएको तथ्य फेला परेको छ ।
उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् । 
उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् ।

सोमबार, १६ असार २०७६, २१ : २१

प्रतिक्रिया