एनआईसी एसियाका तीन म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, २८ साउन २०८२, १० : ४२

काठमाडौं- एनआईसी एसिया क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश सुरक्षित गर्ने आज साउन २८ गते अन्तिम दिन रहेको छ।

एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एसिया ब्यालेन्सड् फन्ड र एनआईसी एसिया सेलेक्ट–३० (इडेक्स फन्ड) को लाभांश वितरणार्थ क्यापिटलले भोलि साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज साउन २८ गतेसम्म कायम इकाइधनी यी म्युचुअल फन्डको लाभांश पाउन योग्य हुनेछन्।

क्यापिटल सञ्चालक समितिले एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका लागि करसहित १०.१० प्रतिशत (१० करोड ३० लाख २० हजार रुपैयाँ), एनआईसी एसिया ब्यालेन्सड् फन्डका लागि ९.९० प्रतिशत (७ करोड ४७ लाख ४५ हजार रुपैयाँ) र एनआईसी एसिया सेलेक्ट–३० (इडेक्स फन्ड)का लागि ८।६५ प्रतिशत (१० कराड ८१ लाख २५ हजार रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यी सबै म्युचुअल बन्दमुखी योजना हुन्।

यसैगरी क्यापिटलले उक्त आर्थिक वर्षका लागि एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइधनीलाई करसहित ५.५५ प्रतिशत (७ करोड ९५ लाख ३२ हजार ४१०.८६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो खुलामुखी योजना हो।

 
बुधबार, २८ साउन २०८२, १० : ४२

प्रतिक्रिया