काठमाडौं- मन्दाकिनी हाइड्रोपावरले विद्युत् नियमन आयोगबाट हकप्रद सेयर जारी गर्नका लागि स्वीकृति पाएको छ।
आयोगले साउन २७ गते पत्र पठाउँदै मन्दाकिनी हाइड्रोपावरलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो। आयोगले कम्पनीलाई ४२ करोड ९४ लाख २४ हजार २५०.३० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो।
यस स्वीकृतिसँगै अब कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।
प्रतिक्रिया