काठमाडौं- कुमारी क्यापिटलको व्यवस्थापनमा रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन् ।
यी फण्डहरुले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका हुन् ।
कुमारी ईक्वीटी फण्डले ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत र कुमारी सबल योजनाले ९ प्रतिशत वितरण गर्ने भएका हुन् ।
उक्त वितरण गर्ने प्रयोजनको लागि बुक क्लोजको सूचना भने पछि सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया