काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहीबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सूचिकृत भएको यो बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया