सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डद्वारा लाभांश घोषणा

सोमबार, ०२ भदौ २०८२, १२ : १६

काठमाडौं- सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। 

क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो।

जसमध्ये सिटिजन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई करसहित १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि २ वटै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

 
सोमबार, ०२ भदौ २०८२, १२ : १६

प्रतिक्रिया