खानीखोला हाइड्रोपावरले भदौ ३ गतेबाट हकप्रद सेयर निष्कासन गर्दै

सोमबार, ०२ भदौ २०८२, १३ : ३७

काठमाडौं- खानीखोला हाइड्रोपावरले भोलि भदौ ३ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत सेयर जारी गर्न लागेको हो।

जसअनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ।

यो हकप्रद सेयरमा सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा र हेटौँडाबाट आवेदन दिन सक्नेछन्।

साथै कुमारी बैंकको ललितपुरसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका सी–आस्बा प्रणाली र सीडीएससीको मेरो शेयरबाट शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

हकप्रद शेयर जारी गर्न कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। यसर्थ असार २७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

हकप्रद सेयर खरिदका लागि भदौ २३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

 
सोमबार, ०२ भदौ २०८२, १३ : ३७

प्रतिक्रिया