काठमाडौं- जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ।
कम्पनीले गत साउन १५ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आज भदौ ४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम नपरेपछि आवेदन दिन म्याद भदौ १९ गतेसम्म थप गरिएको छ।
नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १०ः६.५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो।
कम्पनीका सेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
हकप्रद सेयर जारी गर्न कम्पनीले गत असार ८ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। असार ६ गते शुक्रबार र ७ गते शनिबार परेकोले असार ५ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।
जोशी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
प्रतिक्रिया