क्रेस्ट माइको लाइफको लगानी कोषको सेयर लक–इन अवधि समाप्त

विहीबार, ०५ भदौ २०८२, १० : ३९

काठमाडौं- क्रेस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडको लगानी कोषमा रहेको सेयर लक–इन अवधि समाप्त भएको छ।

कम्पनीको जारी पुँजी ७५ करोड मध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख बराबरको साधारण सेयर निष्कासन गरिएको थियो। यस अन्तर्गत कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरिएकोमा ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

नियमानुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयरलाई न्यूनतम ६ महिना लक–इन अवधि तोकिएको थियो। सो अनुसार २०७९ सालमा निष्कासन गरिएको उक्त सेयर आज २०८२ साल भदौ ५ गते लक–ईन अवधि समाप्त भएको छ । 

यससँगै अब सामूहिक लगानी कोषले पाएको सेयरहरू बजारमा कारोबार गर्न सक्ने भएका छन्।

 
विहीबार, ०५ भदौ २०८२, १० : ३९

प्रतिक्रिया