भेन्चर हायर पर्चेजले आईपीओ निष्कासन गर्ने

विहीबार, ०५ भदौ २०८२, ११ : १९

काठमाडौं- आईएमई ग्रुप अन्तर्गतको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले आईपीओ निष्कासन सहितका प्रस्ताव पारित गर्न भदौ २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ।

साधारणसभामा कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत सेयर बिक्री गर्ने, संचालक समितीको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, संचालक समिति पुनर्गठन गर्ने प्रस्ताव पेस हुने छन् । 

त्यस्तै दश प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

यस कम्पनीले आईएमई मोटर्सद्वारा बिक्री गरिने गाडीमा हायर पर्चेजको सेवा प्रदान गर्दै आएको छ।

 
विहीबार, ०५ भदौ २०८२, ११ : १९

प्रतिक्रिया