काठमाडौं- माबिलुङ इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले प्राप्त आवेदनहरु मध्येबाट डुप्लिकेट आवेदनहरु भेरिफाई गर्दै भएकोले आईपीओ बाँडफाँड अर्को साता मात्र हुने भएको हो ।
आईपीओको प्रि अलोटमेन्ट आज गर्ने क्यापिटलको तयारी रहेको छ। योजना अनुसार काम भएमा आगामी आइतबार सेयर बाँडफाँड हुने क्यापिटलले जनाएको छ। यद्यपि सफ्टवेयरमा समस्या आएमा १/२ दिन ढिलो हुन सक्ने क्यापिटलले उल्लेख गरेको छ।
कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता सेयर निष्कासन गरेको हो।
प्रतिक्रिया