हिमालयन लाइफ इन्स्योरेन्सको तीज उत्सव कार्यक्रम सम्पन्न

शनिबार, ०७ भदौ २०८२, ११ : ११

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ‘हिमालयन तिज उत्सव २०८२’ सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडमा मनोरञ्जनात्मक कार्यक्रमका साथ तिज उत्सव सम्पन्न गरेको हो ।

नारीहरुको महान चाड तिजको अवसरमा कम्पनीले साउन महिनामा ल्याएको स्कीम विजेताहरुका साथ तिज उत्सव सम्पन्न गरिएको कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए ।

कार्यक्रममा कम्पनीको दमक, बिर्तामोड, सुरुंगा, बुद्धशान्ति र काँकरभिट्टा शाखाका अभिकर्ता तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतियोगितात्मक एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा प्रमिला अधिकारी प्रथम, दुर्गा राई (छुनु) दोस्रो र रेनुका दंगाल तेस्रो भएकी थिइन् । विजेताहरुलाई कम्पनीका प्रदेश प्रमुख शाही र उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रले अवार्ड वितरण गरेका थिए । त्यस्तै सान्त्वना स्थान हासिल गर्ने रेखा अधिकारी र सरिता थेबे सुब्बालाई टोकन अफ लभ प्रदान गरिएको थियो ।

कार्यक्रममा बीमाको महत्व झल्काउने ‘एकल छोरीको अधुरो सपना’ नामक नाटकसमेत मञ्चन गरिएको थियो । नाटक एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर खिवराज दाहालको लेखन तथा निर्देशनमा भएको थियो । कम्पनीका दमक शाखा प्रमुख चन्द्रकला घिमिरे (सिजी) को कोरियोग्राफीमा विभिन्न नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो ।
 

 
शनिबार, ०७ भदौ २०८२, ११ : ११

प्रतिक्रिया