काठमाडौं- माबिलुङ इनर्जीको आईपीओ आज भदौ ८ गते बाँडफाँड भएको छ।
धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा राखिएको माबिलुङको आईपीओ आज बिहान साढे ९ बजे बाँडफाँड गरिएको हो।
कम्पनीले साउन २६ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लािग १०० रुपैयाँ अंकित दरको कुल १२ लाख ४८ हजार ९०४ कित्ता सेयर बिक्री खुला गरेको थियो। यस आईपीओमा २२ लाख ५ हजार ८७१ आवेदकबाट कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन परेको थियो ।
कुल आवेदकमध्ये २१ लाख ९७ हजार ५८२ जनाबाट माग भएको २ करोड ४४ लाख १२ हजार १७० कित्ता सेयर सदर भएको छ भने बाँकी ८ हजार २८९ जनाबाट माग भएको १ लाख ३६० कित्ता शेसेसयर बदर भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये थप ४ जनाले १–१ कित्ताका दरले सेयर पाएका छन्।
सदर आवेदकमध्ये २० लाख ७२ हजार ६९२ जनाको हात खाली भएको छ।
यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको मेरो सेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।
प्रतिक्रिया