काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ।
कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा १ कराड ३९ लाख २० हजार ८०० कित्ता सेयरका लागि मात्रै आवेदन परेको छ।
रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना सेयरधनीहरूलाई भदौ ८ गते बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको हो।
बाँडफाँडपछि बाँकी रहेको कुल ३ लाख ५८ हजार ५१२.४८ कित्ता हकप्रद सेयर कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्री गर्नेछ।
सेयर माग गरेर आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँडमा नपरेको सेयर बापतको रकम भदौ ११ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने पनि कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया